समाचार विश्लेषण । नेपालको क्रिकेट अपत्यारिलो छ । कहिले कमजोर टोलीसँग हार्छ त कहिले बलियो टोलीलाई सजिलै जित्छ ।
यसपटक आइसीसी टी ट्वेन्टी विश्वकप छनोटमा नेपालको खेल त्यस्तै रह्यो । प्रतियोगितामा कमजोर आँकलन गरिएको कतारसँग नेपाल पराजित भएको थियो । जसका कारण ग्लोबल क्वालिफाई चरणमा पुग्न अन्तिम खेल जित्नैपर्ने दबाबमा पुगेको छ ।
नेपालले प्रतियोगिताको बलियो टोली कुवेतमाथि सात विकेटको जित निकाल्यो । मलेशियालार्य पनि पराजित गर्यो । नेपालसँग हार व्यहोरेका दुवै टोली छनोट चरणबाट बाहिरिएका छन् ।
अब नेपालले आयोजक सिंगापुरलाई जित्नैपर्ने वाध्यता छ । सिंगापुरलाई अन्तिम खेलमा जितेमा नेपाल १४ देश सम्मिलित ग्लोबल क्वालिफाई चरणमा पुग्नेछ ।
अहिले एशियाली देशहरुबीच ग्लोबल क्वालिफाई चरणमा पुग्ने प्रतिष्पर्धा हो । यो चरणको शिर्ष टोलीमाथि युएइमा अक्टोबरमा हुने छनोट चरणमा पुग्नेछ ।
१४ देशमध्येबाट छ शिर्ष टोलीले विश्वकप खेल्न पाउनेछन् । राउन्ड रोविनको खेलमा छनोट हुने छ टोली अष्ट्रेलियामा आयोजना हुने टी ट्वेन्टी विश्वकप खेल्न छानिनेछन् । विश्कपमा क्रिकेटका हस्तीहरु इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया र भारत जस्ता देशहरुसँग खेल्ने अवसर मिल्नेछ ।
नेपालको अघिल्ला खेलहरुमा ब्याटिङ कमजोर देखिएको थियो । कुवेतविरुद्धको खेलमा ब्याटिङ चुस्त रह्यो । कप्तान पारस खड्काले विष्फोटक ब्याटिङ गरेर अर्ध शतक पूरा गरे । खड्काले ४२ बलमा सर्वाधिक ६८ रन बनाए । सरद भेष्वाकरले ३८ र ज्ञानेन्द्र मल्लले १९ रन बनाए । नेपालको ब्याटिङ पक्ष बलियो भए सानदार जीत निस्कने क्रम चलिरहन्छ ।
बलिङमा नेपाल सधैजसो बलियो छ । सन्दीप लामिछाने, , करन केसी जस्ता बलहरुले नेपाल बलियो हुने गरेको छ । अब ब्याटिङलाई अझ बलियो बनाउन सके नेपाल क्रिकेटमा बलियो हुनसक्छ ।