Logo

प्रकाशमानले किन गरे सरकारलाई सहयोग गर्ने कुरा ?



काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले रचनात्मक काम गरे सहयोगीको भूमिका खेल्न तयार रहेको बताएका छन् । आरोप प्रत्यारोपमा लाग्नुको साटो मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै एकजुट हुनुपर्ने उनले धारणा राखे ।

शनिबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले सरकारले राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए । उनले भने,‘ देशमा विकास गरोस् भनेर सहयोग गर्न चाहँदा पनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साटो प्रधानमन्त्रीले भाषणबाजी मात्र गरे ।’ उनले आफूभन्दा फरक विचार राख्नेहरुको मानमर्दन गर्ने गरेको पनि गुनासो पोखे ।

वर्तमान सरकारले समृद्धिको कुरा गर्ने नैतिकता गुमाइसकेको टिप्पणीसमेत उनले गरे । यो सरकार राम्रो काम गर्न त के, अरुले गरेको कामको जस लिनसमेत अयोग्य रहेको उनले बताए । वर्तमान सरकार बनेपछि कुटनैतिक क्षेत्रसमेत विश्वस्त हुन नसकेको उनले टिप्पणी गरे । अन्तर्राष्टिय जगतलाई विश्वासमा लिएर काम गर्न नसक्दा मुलुक असफल राष्ट्र बन्ने दिशातर्फ गएको उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्