Logo

कहाँबाट आयो जंगलमा १६ केजी सुन



गोरखा । प्रहरीले १६ केजी सुनसहित एकजनालाई पक्राउ गरेपछि सुनसँग जोडिएका मान्छेहरुको खोजी शुरु गरेको छ । सुन बोकेका व्यक्तिसँगको बयानका आधारमा अन्य व्यक्तिबारे अनुसन्धान थालेको हो ।

धार्चे गाउँपालिका-३ स्थित जंगलमा लुकाई छिपाई राखेको १६ केजी सुन सहित धार्चे गाउँपालिका-१ हुलचुक यरुबगर बस्ने ४० वर्षीय धन कमल गुरुङलाई ९ साउनमा प्रहरीले पक्राउ गरेको थियो ।

निज गुरूङले अवैध सुन ओसार पसार गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले गुरुङलाई धार्चे गाउँपालिका-३ स्थितमा शंकास्पद रुपमा हिँडि रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैध रुपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जंगलमा लुकाई छिपाई राखेको जानकारी दिए पश्चात प्रहरीले उक्त स्थानबाट सुन फेला पारी बरामद गरेको हो ।

गुरुङलाई थप आवश्यक अनुसन्धानको लागि शुक्रबार राजश्व अनुसन्धान बिभाग हरिहर भवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीसँग जोडिएका व्यक्तिहरुको खोजी भइरहेको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्