Logo

स्कुल विभागको प्रमुखमा नारायणकाजी



काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्व पार्टीका प्रवक्ता तथा प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई दिईने तयारी भएको छ।

नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार भोलि बस्ने सचिवालय बैठकले नेता श्रेष्ठलाई उक्त विभागको नेतृत्वको जिम्मेवारी दिनेछ ।

हिजोमात्रै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायकाजी श्रेष्ठको गोप्य बैठक बसेको थियो । ओली पक्षधरले ईश्वर पोखरेललाई उक्त विभागको नेतृत्व दिनुपर्ने अडान राख्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्