Logo

‘भ्रष्टाचारका कारण ठूलै नेताले आत्महत्या गर्ने दिन आउन सक्छ, ओलीको राष्ट्रियताको चेक बाउन्स’



प्रधानमन्त्रीको चुनावी राष्ट्रियताको चेक बाउन्स भयो ,सरकारका सबै पखेटामा खिया लागे
१३ साउन,बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने बताएका छन् । ५ बर्षसम्म अहिलेकै नेतृत्वलाइ सरकारलाइ चलाउन दिनुपर्ने भण्डारीको निश्कर्ष छ ।

उनले भने—‘ओली जी धेरै बोल्नुहुन्छ काम गर्नुहुन्न,संबैधानिक हिसाबले पनि सरकारलाइ ५ बर्ष भनिएको छ,अर्काेतिर सरकारले सिन्को नभाच्दा कांग्रेसलाइ पनि त फाइदै भएको छ,जनताका बिचमा जाने,अर्काे चुनाबमा जित्ने । ’

काग्रेसका केन्द्रिय सदस्य रहेका भण्डारीले केपी ओली नेतृत्वको सरकारका सवै पखेटाहरुमा खिया लागि सकेको टिप्पणी समेत गरे ।
रिपोटर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताए ।

‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् यहा त गर्छु भन्दा पनि काम गर्ने अबस्था नै छैन ।’ ओलीले निर्वाचनका बेला देखाएको राष्ट्रबाद छर्लङ्ग भएको भन्दै नेता भण्डारीले भने— ‘ओली जी ले राष्ट्रियताका विषयमा जुन चेक दिनु भएको थियो, त्यो पांच बर्षमा बाउन्स हुन्छ, अनि जनताले कारवाही गर्ने छन् ।’

उनले राष्ट्रयताका विषयमा जनतालाई देखाएको सपना अधुरो र अपुरो बन्दै गएको भन्दै जनताले उचित समयमा कारवाही गर्ने बताए ।
भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको समेत बताए ।

‘भ्रष्टाचारका कारण ठूलै नेताले आत्महत्या गर्ने दिन आउन सक्छ’

नेताहरुले भ्रष्टाचार नगरेको भए नेपाल धेरै राम्रो बनिसकेको हुनेथियो भन्दै भ्रष्टाचारकै कारण मुलुकको बिकासले गति लिन नसकेको बताए ।
‘भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले त आत्महत्या गरे अव राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ’ ।- उनले भने ।

काग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुला भईरहेका भ्रष्टाचारलाई लुकाई रहेको र स्विकार नगरेको भन्दै भण्डारीले वाइडबढी,बालुवाटार,बुढीगण्डकी,एनसेल लगायतका काण्डका दोषिलाइ कारबाही गर्नैपर्ने बताए ।

‘काग्रेसका चिरञ्जिवी बोग्ले, गोबिन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगी सके तर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइडवडी स्विकार गर्न तयार हुनुहुन्न बाहाना बनाई रहनु भएको छ,दोषीहरु चुपचाप घुमीरहेको छन् ।’

पोखराको उपनिर्वाचन जिताए मात्रै कार्यकाल लम्बाउन सुझाब 
केन्द्रिय सदस्य समेत रहेका भण्डारीले काग्रेस सभापति शेर बहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचन जिते सभापतिको कार्यकाल लम्वाउन र नजिते छाड्न सुझाव दिए।

उनले भने—‘दुध नदिने गाइ÷भैसी कहिलेसम्म पालिरहने पोखराको उपनिर्वाचन जिताउनु भयो भने कति लम्बाउने हो लम्वाउनु होला होइन भने सधै कति पाल्ने ?

गुल्मीको पीडामा मानवियता नभुलौं 

गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सहयोग गरी फर्किएका उनले गुल्मीको अबस्था दर्दनाक भएको बताए । केही राष्ट्रिय मिडियाले राजनीति गर्दा गुल्मीको अवस्था थप विकराल बनेको उनको भनाइ छ ।

‘त्यहा कति पिडा छ, महामारीको अवस्था छ, केही व्यक्तिले हेलिकप्टरबाट दुइ जना बालिकालाई उपचारका लागि लगेको र मिडियाले त्यसैलाइ मात्रै हाइलाइट गर्दा यहांको बास्तविक अवस्था छायाँमा पर्यो,’ उनले भने ।

उनले मानवीय हिसावले पार्टीले र आफूले ३ लाख नगद सहयोग गरेको भन्दै प्रचार गर्नलाई नगरेको समेत बताए । भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पिडीतलाई प्रर्याप्त सहयोग गर्न नसकेको बताए ।

आफुले पिडीत परिवारलाई ५ हजार रुपैयाका दरले सहयोग गर्दा गलत प्रचार गरीरहेको समेत गुनासो गरे।प्रदेश सरकारले एकिकृत बस्ती बसाउनुपर्ने भन्दै उनले अहिले १ दिनमै घर बनाउन सकिने अबस्था रहेको समेत बताए ।

कालिदासले जस्तै टुप्पोमा बसेर फेद नकाटौं,पहाड खन्दा बुटवल जोखिममा

उनले बुटवल क्षेत्र समेत पहाडमा आउने पहिरोका कारण ढुवानको उच्च जोखिममा रहेको बताए ।  ‘पाल्पाको झुम्सा पारीका पहाडहरुमा भैरहेको उत्खनन्ले त्यहा पहिरो झर्ने सम्भावना उच्च छ, त्यस तर्फ यस क्षेत्रका राजनीतिज्ञ सचेत हुनुपर्छ , कालिदासले जस्तै टुप्पोमा बसेर फेद काट्ने मुर्खताबाट बाहिर निष्कन आवश्यक छ’ उनले भने ।

उनले भने—‘यो बुटवल,रुपन्देही कुनै बेला नरहन सक्छ,पहाड खसेर खोलो थुनिए के हुन्छ पहाड खन्दा हेक्का राखांै ।’ कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्