Logo

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु



शरद रेग्मी : दाङ १३ साउन : रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । लुङग्री गाउँपालिका वडा नं.६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको जङगली च्याउ खादा मृत्यु भएको हो ।

साउन ८ गते जंगली च्याउ खाँदा तिनै जना विरामी परेका थिए । उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको ५  नं प्रहरी कार्यालय दाङले जनाएको छ ।

गम्भीर विरामी भएका पुस्करको साउन ११ गते , सुनिताको १२ गते र फुर्मलीको सोमबार बिहान ९ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्