Logo

नेकपा सचिवालय बैठक स्थगित, स्कुल विभागको नेतृत्व विवाद



काठमाडौं, १३ साउन । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक साउन २८ गते बस्नेगरि स्थगित् भएको छ । आजको बैठकले स्कुल विभागलगायत महत्वपूर्ण विभागको नेतृत्व टुँगो लगाउने निर्णय गरिने अपेक्षा गरिउको थियो । तर, उक्त विषयमा कुनै पनि छलफल नै नभई बैठक स्थगित् भएको छ ।

स्रोतकाअनुसार सचिवालय सदस्यहरुलाई स्कुल विभागको नेतृत्व दिनु हुँदैन भन्ने जनमत पार्टीभित्र बढ्दै गएको छ। केन्द्रिय समिति र स्थायी समितिका सदस्यहरुबाट छानेर स्कुल विभागको नेतृत्व दिनुपर्ने माग बढिरहेको छ । तर, स्कुल विभागमा तत्कालिन् नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रका नेताहरुको आ–आफ्नै दाबी छ ।

तत्कालिन माओवादीबाट नारायणकाजी श्रेष्ठले दाबी गरिरहेका छन् भने तत्कालिन नेकपा एमालेबाट ईश्वर पोखरेलको दाबी गरेका छन् । यही कारणले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त विभागको नेतृत्व कसलाई दिने भनेर अहिलेसम्म ठोस निर्णय लिन सकेका छैनन् । अहिलेलाई आवश्यक होमवर्क नपुगेकोले सचिवालय बैठक साउन २८ गते बैठक बस्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्