![](https://reportersnepal.com/wp-content/uploads/2019/07/67248083_3290445650996350_5846482836785201152_n-e1565061651716-768x432.jpg)
साउन १३, काठमाण्डौ । थाइल्याण्डमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोलढुंगा एकेडेमीका विद्यार्थी रोजन घलेले सिल्भर मेडल प्राप्त गरेका छन् ।
काठमाण्डौस्थित गोलढुंगा एकेडेमीमा कक्षा तीनमा अध्ययनरत घलेले २२ राष्ट्रका विद्यार्थी सहभागि प्रतियोगितामा सिल्भर मेडल प्राप्त गर्न सफल भएको एकेडेमीका प्रिन्सिपल झनकराज शर्माले जानकारी दिए ।
अन्तराष्ट्रियस्तरको प्रतियोगितामा मेडल जितेर घलेले विद्यालयको नाम र गरिमा उँचो बनाएको भन्दै प्रिन्सिपल शर्माले आभार व्यक्त गरेका छन् ।