कास्की । विष्फोटक पदार्थ र ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी बझाङ केदारस्युँ गाउँपालिका-३ स्थायी वतन भई हाल तनहुँ बन्दीपुर गाउँपालिका-२ बस्ने ३१ वर्षीय सुजन भन्ने लोकेन्द्र बिकलाई गत शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बिक २०७४ बैशाख १८ गते राति कास्की पोखरा महानगरपालिका-३ नदीपुर भन्ने स्थानमा पोखरा बस्ने २८ वर्षीय युवराज खतिवडालाई २ वटा मोटरसाइकलमा आएका ४ जना ब्यक्तिहरुले रड तथा धारिलो हतियार प्रहार गरी शख्त घाइते बनाई फरार रहेको घटना र २०७४ भदौ २६ गते बिहान पोखरा महानगरपालिका-९ पृथ्वीचोक स्थित सस्तो बजारको गेट नजिक बिष्फोटक पदार्थ बिष्फोटन भएको घटनामा संलग्न रही फरार थिए ।
बिक बिरुद्द बिष्फोटक पदार्थ सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला अदालतबाट म्याद थप लिई कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । Photo: File