काठमाडौं, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलको बैठक बस्दै छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न लागिएको संयोजक राजकिशोर यादवले जानकारी दिए । पार्टी मुख्यालय बबरमहलमा बैठक बस्नेछ ।
बैठकमा मुलुकको राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा छलफल हुनेछ । बैठकमा राजपा नेपालको महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुनेछ । संसदमा नेपाली कांग्रेससँग कार्यगत एकता गरेर सदन अवरुद्ध बनाउँदै आएको राजपा नेपालले सो विषयमा पनि कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्नेछ ।