Logo

नेकपा : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर



साउन १४, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र स्कुल विभागको विवादले पार्टी लथालिंग छ । अर्को तर्फ सरकारको कामकारवाही समेत प्रभावकारी नभएको भन्दै चौतर्फी आलोचना भइरदां नेताहरु भने विदेश भ्रमणमै केन्द्रित बनेको छ ।

नेपालीमा एउटा उखान छ काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर । अहिले सत्तारुढ दल नेकपाका नेताहरुलाई यही उखान ठ्याक्कै मिलेको छ । पार्टीभित्र एकताका कामहरु टुंगो लगाउनुको साटो थप बल्झिदै र गंम्भिर हुदै आएको बेला पार्टीको काम तथा सरकारको महत्वपुर्ण काम छाडेर नेकपाका अध्यक्षद्धय सहित केही शिर्ष नेताहरु विदेशमा आफ्नो व्यत्तिगत काममै केन्द्रित भएका हुन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणमा मंगलबार संयुक्त अरब इमिरेट्स (युएइ) प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणमा निस्किएका अध्यक्ष दाहालले सोमबार सचिवालय बैठकमा समेत जानकारी गराएका थिए ।

अध्यक्ष दाहाल आगमी १८ गते स्वदेश फर्के लगतै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि पार्टी तथा सरकारको सवै काम छाडेर साउन १८ गते सिंगापुर जादैछन । आफ्ना नियमित स्वस्थ्य परिक्षणको लागि सिंगापुर जाने बताईको छ ।

त्यस्तै नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल र नारायण काजी श्रेष्ठ पनि यही महिनामै दक्षिण अफ्रिका भ्रमणमा जाँदैछन् । यसरी पार्टीभित्र र सरकारकै कामकारवाही बारे पार्टीभित्रै तथा बाहिर समेत आलोचना भइरहंदा शिर्ष नेताहरु भने यसरी विभिन्न बाहानामा भ्रमणमा निस्कनुलाई राम्रो मानिएको छैन ।

भने अर्को तर्फ भ्रमणका नाममा नेताहरु कही कतै कुनै रणनिति तय गर्न त लागीरहेको छैन भन्ने पनि आंशका उत्तिकै उब्जिएको छ ।



प्रतिक्रिया दिनुहोस्