काठमाडौं । आज खीर खाने दिन । १५ साउनमा खीर खाने चलन प्रचलित छ । पौष्टिक आहारका रुपमा खीरको महत्व छ । सात्विक भोजमा पर्ने खीर खाँदा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।
त्यसैले १५ साउनको दिन घर घरमा खीर खाने गरिन्छ । आज चतुर्दशी समेत परेको छ । हरियाली महिना भएकाले साउनको महिमा विशेष छ । किसानहरुले धान तथा महत्वपूर्ण बाली रोपेर आराम लिने महिना पनि हो ।
साउनमा हिन्दुहरुले महादेवको विशेष पूजा गर्नुका साथै ब्रत बस्ने चलन छ । बोलबम पनि चल्छ ।