Logo

कांग्रेस-राजपाद्वारा संसद अवरुद्ध, अर्को बैठक भोलि बस्ने



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले आजको संसद बैठकपनि अवरुद्ध गरेका छन् । उनीहरुको अवरोधपछि बैठक स्थगित् भएको छ । सर्लाही घटनाको सत्य तथ्य छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दै कांग्रेस र राजपाका सांसदहरुले चर्को नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको हो ।

सभामुख कृष्णबहादुर महराले बुधबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नोपली कांग्रेस र राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए। सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कारवाही अघि बढ्छ भन्ने वित्तिकै सांसदहरु रोष्टम अगाडि आएर नाराबाजी गरेका थिए।

सभामुखले आसन ग्रहण गरी सदन सुचारु गराउन पटक पटक आग्रह गरेपनि सांसदहरुले नाराबाजी गरिरहेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। कांग्रेस र राजपाका सांसदहरुले झण्डै १ घण्टा रोष्टम अगाडि नाराबाजी गरेका थिए। त्यसपछि सभामुख महराले बैठक स्थगित गर्दै अर्को बैठक भोलि बिहीबार अपरान्ह २ बजेका सम्मकालागि बैठक स्थगित गरे।



प्रतिक्रिया दिनुहोस्