मोरङ । महिलालाई बेच्न लाँदै जर्बजस्ती करणी पनि गर्ने फरार अपराधी पक्राउ परेका छन् । विगत तीन महिना देखि फरार मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका(६ बस्ने ४१ बर्षीय वसन्त राजवशींलाई १२ साउनमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङको २०७६ बैशाख १७ गतेको फैसला पश्चात फरार रहेका राजवशींलाइ जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।