काठमाडौं । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र लाइसेन्स निलम्बन गरेको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन परेका हुन ।
महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ ।