Logo

सनी लियोनीले दिएको मोवाइल नम्बरले युवालाई तनाव



काठमाडौ । बलिउड अभिनेत्री सनी लियोनीद्वारा अभिनित फिल्म ‘अर्जुन पटियाला’२६ जुलाईमा रिलिज भएको थियो ।

उक्त फिल्मले खासै चर्चा बटुल्न नसकेपनि एउटा सिनका कारण भने अहिले चर्चासंगै एकजनाले तनाव पनि बेहोरी रहेका छन । खास कुरो के छ भने उक्त फिल्मको एक सिनमा सनीले एक मोबाइल नम्बर बताएको देखिन्छ ।

तर, उनका केहि प्रसंसकलाई भने रिल लाइफमा नभएर रियल लाइफमै उक्त नम्बर सनीकै सम्झेपछि यसले समस्या निम्त्याएको छ ।

युवाहरूले उक्त नम्बरमा फोन गर्न थालेका छन । तर त्यो मोबाइल नम्बरमा फोन गर्दा सनीलाई नभएर राजधानी दिल्लीमा रहने पुनीत अग्रवाललाई तनाव भएको छ ।

उक्त नम्बरका मालिक पुनील अहिले अहिले यो नम्बर सनीको होइन भनेर भन्दाभन्दा वाक्क भइसकेको छन् ।

पुनीतलाई दैनिक एक सयभन्दा बढी सनीलाई भन्दै फोन आउने गर्छन् । फोन गर्ने सबैले सनीसँग कुरा गर्न चाहेको बताउँछन् ।

यो फोनबाट पुनीत यति तनावमा परे कि, उनले सनी र निर्माताविरुद्ध प्रहरीमा उजुरी नै दिएका छन् ।तर मोबाइलमा भने फोन आउन अझै छोडेको छैन ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्