Logo

गणतन्त्र जाने राजसंस्था आउने, ओली-प्रचण्डको विदेश यात्रामा के-के हुँदैछ ? (भिडियोसहित)



काठमाडौं, १६ साउन । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मुलुकमा अब गणतन्त्र जाने र राजसंस्था फर्किने दाबी गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता न्यौपानले यस्तो दाबी गरेका हुन् । अहिलेको व्यवस्था र नेताप्रति जनताको विश्वास, आस्था र भरोसा नै गुमिसकेको पनि न्यौपानेले आरोप लगाए ।

उनले भने,‘नेताहरुले भनेबमोजिम यो देश सिंगापुर बनेको भए र जम्मै नेपालीहरुले रोजगारी पाएको भए अहिलेको व्यवस्थाप्रति र नेताहरुप्रति जनताको धारणा नेगेटिभ हुँदैनथियो । तर, यो बीचमा केही पनि राम्रो काम भएका छैनन् ।’ नेपाली जनताले अहिलेको गणतान्त्रिक व्यवस्थाको विकल्प खोजिसकेको पनि उनको दाबी छ । नेपालको ईतिहासमा हरेक एक दशक वा त्यसकै आसपासमा जनताले परिवर्तन खोजेको सुनाउँदै उनले अब पनि जनताले परिवर्तन खोजिसकेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्