काठमाडौं, १६ साउन । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने आफ्नो पहिलो चूनौति रहेको सुनाएका छनु । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने आफ्नो पहिलो चुनौती भएको बताए ।
निर्माणाधीन पोखरा र भैरहवाको अन्तर्रा्ष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्ने, दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण थाल्ने, पर्यटकीय गन्तव्यहरुको विकास गरी विदेशीहरुलाई नेपाल आउन प्रेरित गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् ।
उनले मन्त्रालयमा आवश्यक परामर्श गरेर कार्ययोजना सार्वजनिक गर्ने सुनाए । उनले भने,‘बल्ल त काम थाल्दैछु । बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका । एक, एक रन लिएर अलमलिएर नबस्ने । छक्का चौका हान्ने हो ।’