काठमाडौं, १६ साउन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने टिप्पणी गरेका छन् । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चलिरहेको मुद्दामा समाचार लेखेर प्रश्न खडा गर्दा निष्पक्ष न्याय सम्पादनमा असर पर्ने बताए ।
प्रधानन्यायाधीश राणाले भन्, “विचारधीन मुद्दाको विषयलाई लिएर समाचार, कुनै विद्वान्को लेख आउँछ, त्यो इजलासमा पनि आइपुग्छ, ती लेख र समाचारले न्याय सम्पादनमा कही न कही असर पर्छ ।”
न्यायालयले अक्षम्य हुने गरी काम गरेमा कहिले पनि सहयोग नगर्न उल्लेख गर्दै उनले न्यायालयलाई स्वतन्त्र र निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गरे । प्रधानन्यायाधीश राणाले न्यायाधीश नियुक्ति गर्दा जुनजुन विचारबाट आएको भए पनि न्यायालयमा पसेपछि निष्पक्ष रुपमा न्यायसम्पादन हुने विश्वास व्यक्त गरे ।