Logo

‘जतिसक्दो छिटो संघीय व्यवस्थालाई विदा गरौं’



काठमाडौं, १७ साउन । संविधानविद् डा. भीमार्जुन आचार्यले जतिसक्दो छिटो वर्तमान संघीय व्यवस्थालाई विदा गर्नुपर्ने बताएका छन् । बिहीबार प्रदेश नम्बर २ को सरकारले संघीय सरकारको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि डा. आचार्यले त्यसबारेमा टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन् ।

उनले आफ्नो ट्वीटर ह्याण्डलिङमा लेखेका छन्,‘प्रदेश सरकारले संघीय सरकारको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । आखिर संघीय व्यवस्था मुद्दै मुधा र तनावै तनावको व्यवस्था हो । मुद्दा मामिलामा रमाउनेहरुको लागि यो व्यवस्था स्वर्गीय व्यवस्था हो । यसको क्लाईमेक्स त बाँकी नै छ । सकिन्छ भने जति सक्दो छिटो यसलाई बिदा गरौं ।’

उनको पोष्टमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले नेपालजस्तो सानो देशको लागि संघीयता भालुको कन्पट हो, धान्न सक्दैन भनेरपनि लेखेका छन् । त्यस्तै, रोशनराज सुच्मदर्शी (जनक) ले आचार्यलाई जवाफ दिँदै लेखेका छन्,‘राजतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता विषयमा जनमतसंग्रह अनिवर्या गर्नुपर्ने थियो । तर पश्चिमा शक्तिको आडमा अवैधानिक रुपले सबै संरचना ध्वस्त पार्ने काम भयो । त्यसैको परीणाम अब देशले भोग्दै र भोग्ने छ ।’ Photo Source: Street Nepal



प्रतिक्रिया दिनुहोस्