Logo

हरेक सरकारी कर्मचारीले अब राष्ट्रिय पोशाक लगाउनुपर्छ : ऋषि धमला



काठमाडौं, १७ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषिराज धमलाले राष्ट्रिय पोशाकको महत्व र प्रभावको बारेमा प्रकाश पारेका थ्एि ।

शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमाउनले हरेक सरकारी ओहोदामा रहेर काम गर्ने कर्मचारीहरुले राष्ट्रिय पोशाक लगाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘हरेक सरकारी कर्मचारीले आफ्नो राष्ट्रिय पोशाक लगाउनुपर्छ । म त भन्छु सरकारी कर्मचारीलाई यो पोशाक अनिवार्य गर्नुपर्छ ।’ धमलाले उक्त अभियानलाई देशव्यापी रुपमा लैजानुपर्ने बताए ।

आफूले पनि अबदेखि राष्ट्रिय लगाएर टेलिभिजन कार्यक्रम होष्ट गर्ने धमलाले विश्वास दिलाए । उनले भने,‘म पनि अबदेखि राष्ट्रिय पोशाक लगाएर कार्यक्रम चलाउने प्रयत्न गर्छु । र, यो अभियानलाई सफल बनाउनको लागि म कुनैपनि कसर बाँकी राख्दिन् ।’



प्रतिक्रिया दिनुहोस्