काठमाडौं । भारतको उत्तर प्रदेशस्थित जउनपुर जिल्लामा हालै भएको एक घटनाले महाभारतकोे याद दिलाएको छ ।
महाभारत पर्वमा पाँच पाण्डवले द्रोपतीलाई मामा सकुनीद्वारा मायाजाल युक्त पासामा फसायको कथा त हामिले सुनेकै हो तर कलियुगको महाभारत भने अहिले समाजिक सञ्जालमा चर्चामा छ ।
द्वापरयुगको महाभारत कलियुगको महाभारबिच फरक के मात्रै छ भने, द्वापरयुगमा पाण्डवले आफ्नी पत्नीलाई कौरवको मायावी जालमा नचाहाँदा नचाहाँदै गुमाउन पुगेका थिए भने कलियुगको महाभारतमा भने आफ्नै श्रीमानद्वारा रक्सीको नसामा श्रीमती दाँउमा राख्दै, बारम्बार हार्दे, सामुहिक बलत्कार गराउदै आएका थिए ।
एजेन्सीका अनुसार उक्त योजना पीडितका श्रीमानले रक्सी खाएर जुवा खेल्नुपूर्व नै सहमती गरिसकेका हुन्थे । आफुले हारेमा श्रीमतीसंग सम्बन्ध बनाउनमा कुनै रोकटोक नहुने उनको सहमती रहने गर्थो ।
भारतीय सञ्चार माध्ययमले जनाए अनुसार, पीडित महिलाका श्रीमान जुवा र रक्सीको कुलतमा फसेका छन। श्रीमानका साथी अरुण संगै एक जना अनिल नाम गरेका आफन्त प्रायः उनको घर आउ जाउ गरिरहन्थे । उनीहरु आएपछि रक्सी र जुवा सुरु गर्दे श्रीमतीलाई आफुहरुको सेवामा लाग्न दवाव दिन्थे।
कुनै न कुनै वहानामा आफ्नी श्रीमतीलाई नजिक बोलाएर साथीहरुलाई श्रीमतीको मोल देखाउन खोज्थे । एक दिन आफुसंग भएको पैसा जति जुवामा हारेपछि पतिले श्रीमतीलाई दाउँ लगाए र हारे । उनले श्रीतीलाई हारेपछि पूर्व योजना अनुरुप अरुण र अनिलबाट उनी सामूहिक बलात्कारको सिकार बनिन् ।
आफुमाथी अपराध सहन नसकि उनले घर त छाडेर हिडिन तर अन्त जाने ठाँउ नहुँदा माइतीको सरणमा बस्न थालिन । घटनाको केहि दिनपछि माइतमै पुगेका श्रीमानले यस्तो गल्ती पुनः नदोहरिने वाचाका साथ माफी मागेर उनलाई फर्काएर ल्याएका थिए ।
तर, घर फर्किंदै गर्दा बीचमै गाडी रोखेर पतिले अनिल र अरुणलाई पनि गाडीमा बसाले । दुवैले जुवामा हारिएकी हुँदा उनले फेरि पालैपालो बलत्कार गरे । महिलाले घटनाको उजुरी पुलिसमा गर्दा पुलिसले मुद्दा दर्ता गर्न मानेन ।
पुलिसले कुरा नसुनेपछि उनी अदालत पुगेकी थिइन् । अदालतले घटनालाई गम्भीरको श्रेणीमा राखेर कारवाही अगाडि बढाई कार्वाहि सुरु गरेको छ ।