Logo

मेस्सीलाई प्रतिबन्धसंगै ५० हजार डलर जरिवाना



काठमाडौं ।अर्जेन्टिनाको फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई कोपा अमेरिका फुटबल प्रतियोगिता भ्रष्ट रहेको टिप्पणी गरेका कारण तीन महिना अन्र्तराष्ट्रिय फुटवलमा प्रतिबन्ध लगाइएको छ ।

अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड खादै मैदान छोड्न पुगेका मेस्सीले कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको टिप्पणी गरेका कारण प्रतिबन्धको भागीदार बनेका हुन । प्रतिबन्धसंगै उनलाई दक्षिण अमेरिकी फुटबल सङ्घले ५० हजार अमेरिकी डलर जरिबाना समेत सु्नाई सकेको छ ।

यद्पी: उक्त निर्णयविरुद्ध अपिल गर्न एक हप्ताको समय भने मेस्सीले पाएका छन । उक्त खेलबारे  टिप्पणि गर्दे मेस्सीले आफुहरु भ्रष्टाचारको हिस्सा बन्न जरुरी नरहको धारणा राखेका थिए ।

मिफाइनलमा ब्राजीलसँग २-० को गोल अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल सङ्घले उक्त खेलमा रेफ्रिले गम्भीर त्रुटि गरेको आरोप लगाउदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्