Logo

राजस्व संकलन तीन वर्षयता उत्साहजनक छैन् : अर्थमन्त्री खतिवडा



काठमाडौं, १९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको पनि स्पष्ट पारेका छन्।

आवबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको पनि स्पष्ट पारेका छन् । उनले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिए ।

अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने पनि स्पष्ट पारेका छन् ।

उनले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि पनि दोहो¥याए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम/ReportersNepal



प्रतिक्रिया दिनुहोस्