काठमाडौं । सहकारीको एक हरोड ८३ लाख निक्षेप माँस्ने महिला पक्राउ परेकी छिन् । टोखास्थित सहकारीकी संचालक सदस्य प्रतिमा सिटौलालाई निक्षेप मासेको अदालती ठहरपछि केन्द्रीय अनुसन्धान ब्युरोले २१ साउनमा पक्राउ गरेको हो ।
सीआइबीका अनुसार ३२ वर्षीया सिटौलालाई सहकारी ठगीको मुद्दामा दोषी ठहर गर्दै अदालतले १८ लाख ३१ हजार आठ सय ८७ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनलाई एक महिना कैद सजाय सुनाइएपनि जरिवानावापतको रकम नतिरे थप समय कारागारमा बस्नुपर्ने हुन्छ ।
टोखाको नाङ्लो दिप सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभमा निक्षेपकर्ताहरुलाई आकर्षक सेवा सुविधा र उपहारको प्रलोभन देखाएर रकम जम्मा गर्न लगाइएको थियो । उनले उक्त रकम आफूखुशी खाइमासी ठगी गरेको कसुरमा उच्च अदालत पाटनले सजाय सुनाएको थियो ।