काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक क्षेत्रमा सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धरानको विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको हो ।
सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने जनाइएको छ । धरान शाखाका प्रबन्धक विपल्व राज खनालले चेक बैंकको तर्फबाट विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई दिएका हुन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८६ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ ।