Logo

बानेश्वर र कोटेश्वर चोकमा आकाशे पुल बन्दै



काठमाडौं २२ साउन । सडक विभागले व्यस्त क्षेत्र नयाँ बानेश्वर चोकमा स्काई ब्रिज अर्थात आकाशे पुल निर्माणको कार्य थालनी गरेको छ ।

पैदल यात्रु र सवारी चालक दुवैको समस्यालाई मध्यनजर गर्दै विभागले नयाँ बानेश्वर चोक र कोटेश्वर चोकमा आकाशे पुल निर्माण गर्ने भएको हो ।

विभागले पहिलो चरणमा बानेश्वर चोकमा र दोस्रो चरणमा कोटेश्वरमा निर्माण गर्ने भए पनि निर्माणको जिम्मा डिभिजन सडक कार्यालय काठमाडौंलाई दिइएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका अनुसार बोलपत्र आह्वान गरी गत वर्ष चैतमा प्राकृतिक/पवन जेभी कम्पनीसँग सम्झौता गरेको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्