Logo

पर्यटनको क्षेत्रमा सहयोग गर्न चीनलाई मन्त्री ज्ञवालीको आग्रह



काठमाडौं, २२ साउन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुई देशबीच पर्यटकीय सम्भावना उल्लेख्य रहेको भन्दै पर्यटनको क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । नेपाल र चीनबीच साँस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताएका छन् । बुधबार नेपाल–चीन विकास सम्भावना र चुनौति बिषयमा काठमाडौमा भएको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच पारस्परिक सम्बन्ध रहेकाले एक आपसमा सहयोगी भूमिका हुनु पर्नेमा जोड दिए । नेपालको बिकासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै उनले नेपालमा लगानी गर्न आग्रह समेत गरे ।

नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा चीनले सहयोगि भूमिका खेलेको भन्दै नेपालमा निनियाँ लगानी भित्र्याउनको लागि सरकारले पहल गरी रहेको पनि बताए ।  तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्