लामखुट्टेका कारण लाग्ने डेंगु रोगले बँगलादेशमा हजारौं व्यक्ति अस्पताल भर्ना भएका छन् । २२ साउनमा मात्र २४ सय २८ व्यक्ति अस्पताल भर्ना भएका हुन् ।
दैनिक दुई हजारभन्दा बढी डेंगुको संक्रमणले अस्पताल भर्ना हुनथालेपछि बँगलादेश सरकारले शतर्कता अपनाउन सूचना जारी गरेको छ । अस्पतालहरु डेंगुका विरामीले भरिएका छन् । यस वर्षमात्र ३० हजार व्यक्ति डेंगुबाट संक्रमित भएको तथ्यांक प्रकाशित भएको छ ।
डेंगुका कारण बँगलादेशमा दैनिक सयौं व्यक्ति विरामी हुने गर्छन् । १७ करोड जनसंख्या भएको बँगलादेशमा वर्षायाममा पानी जमेर बढ्ने लामखुट्टेका कारण डेंगुको संक्रमण बढ्ने गरेको छ । बँगलादेश लामखुट्टेको समस्या भएको देश मध्ये पर्दछ ।
डेंगुको संक्रमण भएमा पेट दुख्ने, छिटो छिटो स्वास फेर्ने लक्षण देखिनथाल्छ । डेंगु लागेपछि मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर भई मृत्यु समेत हुनसक्छ । प्रायः दिउँसो सक्रिय हुने लामखुट्टेका कारण डेंगु लाग्छ ।-एजेन्सी Photo Source: khaosodenglish