काठमाडौं, २३ साउन । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसैले पनि अन्तर्राष्ट्रिय अदालत हेग पुर्याउन नसक्ने दाबी गरेका छन् । प्रचण्ड र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच शान्ति प्रक्रियामा हस्ताक्षर भएकै कारण मुलुक शान्तिपूर्ण राजनीतिक बाटोमा अघि बढिरहेको पनि उनले सुनाए ।
करिन ल्याण्डग्रेनकै कारण पनि विश्वका कुनैपनि देशले प्रचण्डलाई अब कारबाही गर्न नसक्नेपनि उनको दाबी छ । उनले भने,‘अध्यक्ष प्रचण्ड कुनै हालतमा डराउनुपर्दैन् । दिल खोलेर विश्व भ्रमण गरेहुन्छ । यो देश प्रचण्डले बनाउन सक्नुहुन्छ । म पनि उहाँलाई थिंक ट्यांक खोलेर सहयोग गर्छु ।’ कँडेलले आफूले राजनीतिक रुपमा प्रचण्डलाई सहयोग गर्ने भएपनि प्रचण्डकै अर्का सहयोद्धा कमरेड तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भने सहयोग गर्न नसक्ने स्पष्ट पारे ।