काठमाडौं । सगरमाथाको २४ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा ‘हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल’ कम्पनीको प्रमुख ‘एड्भेञ्चर कन्सल्टेन्ट’ तथा ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त भएका छन् ।
आगामी दुई वर्षसम्म हिमालयन ग्लासियरले सञ्चालन गर्ने सगरमाथा ‘बेस क्याम्प’, ‘आइल्याण्ड पिक’ र ‘किलिमञ्जरो’को साहसिक यात्राका सम्बन्धमा प्रमुख परामर्शदाताका रुपमा उनले कार्य गर्नेछन् ।
सम्बन्धी सम्झौतापत्रमा आरोही शेर्पा र कम्पनीका अध्यक्ष सागर पाण्डेले हस्ताक्षर गरेका छन् ।