Logo

ललितानिवास जग्गा प्रकरणमा ठुला नेता जेल जाँदैछन् (भिडियोसहित)



काठमाडौं, २४ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले ललिता निवास जग्गा प्रकरणमा सरकारका तीन वटा निकायले आ–आफ्नो ढंगबाट काम गरिरहेकोले दोषीहरु कोहीपनि नउम्किने विश्वास दिलाएकी छिन् । बिहीबार राति प्राईम पाईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

उनले कोही मान्छे लोभ, लालच, पैसासँग जोडेर आफूकहाँ आउँछ भने त्यसलाई सकेण्डभर नसोचिकन प्रहरीकहाँ बुझाईदिने पनि उद्धघोष गरिन् । उनले बालुवाटार जग्गा प्रकरणमा पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले जग्गा अतिक्रमण गरेको र लुटेको भनेर कहीँ कतैपनि कुरा नआएको सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्