काठमाडौं । भारतीय राजदूत मञ्जिभ सिंह पुरी मुस्ताङका पुगेका छन् । उनले २३ साउनमा मुस्ताङ पुगेर भारतीय सहयोगका विकास निर्माणसम्बन्धी जानकारी लिएका हुन् ।
राजदूत मुरी लोमान्थाङ पुगेका थिए । चीनसँग सीमा जोडिएको उक्त भेग सामरिक दृष्टिले महत्वपूर्ण मानिन्छ । राजदूत पुरीले लोमान्थाङस्थित पाल इवाम गुम्बाको पुर्ननिर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
भारतले नेपालमा भौतिक पूर्वाधार निर्माणमा सहयोग पुर्याउँदै आएको छ । उसले तराई, पहाड र हिमाल तीनवटै क्षेत्रमा विकासमा सहयोग प्रदान गर्दै आएको हो । तस्वीर स्रोतः राजदूत पुरीको ट्वीटर