काठमाडौं, २४ साउन । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावलले आफूहरुको भाग्य र भविष्यसँग जोडिएको विषय भएकोले संघीय निजामती सेवा ऐनबारे सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘हामीसँग छलफल नगरेकोमा हामी आक्रोशित छौं । हामीसँग सल्लाह नगरी ऐन ल्याईयो भने हामीलाई यो मान्य हुनेछैन् ।’
उनले अहिले बन्दै गरेको उक्त ऐनबारे आफूहरुलाई गुमराहमा राखिएको भएपनि मिडियाले त्यसका अन्तरवस्तु बाहिर ल्याईदिएको भन्दै धन्यवाद समेत दिए । उनले भने,‘अब आउने ऐन कर्मचारीमैत्री होस् । ट्रेड युनियनमैत्री होस् । हाम्रो भूमिकालाई नजरअन्दाज नगरियोस् ।’