Logo

ज्ञानेन्द्र शाहको थाइल्यान्ड आवतजावतको रहस्य



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी दुई हप्ताका लागि थाइल्यान्ड उडेको निकटस्थले बताएका छन् । एक महिनाको अन्तरालमा उनी पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए ।

२४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका हुन् । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । त्यहाँबाट शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ । नातिनीहरु बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवत्जावत् बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक सक्रियता बढाएको सूचना सत्तारुढ दलका नेताहरुसम्म पुगेको छ ।

बैंकक उडेपनि उनले अन्य देश पुगेर राजनीतिक चलखेल गरेको चर्चा चलिरहेको छ । विगतमा देशभित्र सक्रिय पूर्ज राजा देशबाहिर बढी सक्रिय हुनथालेका छन् । यसबारे सूचना पाएपछि सत्तारुढ दलका शिर्ष नेताहरुले चेतावनी दिइसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिक सक्रियता नदेखाउन चेतावनी दिदै नागार्जुनबाट हटाउने चेतावनी दिएका थिए । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पूर्व राजालाई सक्रिय नहुने चेतावनी दिएका छन् । देशभित्र सरकारप्रति असन्तुष्टि बढिरहँदा पूर्व राजाको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्