साउन २४, काठमाण्डौ । चुनावका बेलामा सुन्दर र आकर्षक नारा लागे । कतै स्मार्ट सिटी त कतै सर्वसुलभ सेवा भनियो । काठमाडौँ महानगरपालिकाका उम्मेदवारको एउटा महत्वपूर्ण घोषणा थियो धुलो हटाएर स्वच्छ र हराभरा शहर बनाउने ।
तर चुनाव जितेर जिम्मेवारी पाएको २५ महिना भएको छ । देशका मुख्य शहर जस्ताको त्यस्तै छ ।
काठमाण्डौलाई स्मार्ट सिटि बनाउने योजना उनै विद्यासुन्दर शाक्यले ल्याएका थिए, जसले चुनाव पनि जिते । २ वर्ष काम गरिसके । तर काठमाण्डौ उस्तै छ । विशेषगरी धुवाँ धुलोको समस्या जस्ताको तस्तै छ । सडकको धुलो बढारेर सफा बनाउने महानगरको योजना सफल हुन सकेको छैन ।
सडकको धुलो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाले ब्रुमर खरिद गरेर संचालनमा ल्याएको चार महिना भइसकेको छ । तर उपलब्धि केही छैन । काठमाण्डौ सहर नै ब्रुमरको प्रयोग गरेर धुलो सफा गर्न लायक छैन । रातभरी महागरका ब्रुमर सडकमा धुलो सफा गर्न व्यस्त हुन्छन् ।
भोलीपल्ट विहानैदेखि चल्ने सवारी साधनले उस्तै धुलो उडाँउछन् । विभिन्न हिलो सडक हूँदै मुख्य सडकमा भित्रिने सवारी साधनले सडकमा धुलो छोडेर जान्छ । अनि सडक जस्ताको तस्तै ।
काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिलेसम्मा दुई सय ४० टन धुलो सङ्कलन गरिसकेको छ । सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।
गत फागुन २८ गते इटालीबाट ल्याइएका बु्रमर सञ्चालनका लागि काठमाडौ महानगरपालीकाले पाँच वटा रुट निर्धारणमा दैनिक जसो ८ घण्टा बु्रमर संचालन गरिन्छ । तर ब्रुमरले धुलो बढारे पनि सडक उस्तै छ ।
१० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच बु्रमरमध्ये चार वटा १६ टन क्षमता र एउटा छ टन क्षमताको छ । दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमता रहेको सो बु्रमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका
चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । यो सब देखाउनका लागि मात्रै हो भन्दा फरक नपर्ला । खर्च एकातिर सहरको कुरुपता अर्कोतिर । अनि कसरी बन्छ स्मार्ट सिटी ?