कपिलवस्तु । छोरीलाई ईश्वरको दर्जा दिएर सम्मान गरिन्छ । तर, यशोधरा गाउँपालिकामा ४० वर्षीय पुरुषले आफ्नै छोरीमाथि बलात्कार गरेका छन् ।
२२ साउनको दिउँसो आफ्नै घरको कोठामा ती पुरुषले छोरीमाथि बलात्कार गरेका थिए । घटना लुक्न सकेन । प्रहरीले खबर पाएपछि २४ साउनको विहानै यशोधरा गाउँपालिकास्थित उनीहरुकै घरमा पुगी पक्राउ गर्यो ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले बाबुचाहिंलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बाबुद्वारा छोरीमाथि बलात्कारको घटना बढिरहँदा पछिल्लो घटना सार्वजनिक भएको हो ।