उत्तर कोरियाले दुई हप्ताबीच पाँचपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । उसले १० अगष्टको विहानै क्षेप्यास्त्र प्रहार गरेको हो ।
मध्यमदूरीको क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वतर्फको समुन्द्रतर्फ प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले घटनालाई नजिकबाट नियालिरहेको बताएको छ ।
दुईवटा क्षेप्यास्त्र ६ अगष्टमा उत्तर कारियाली नेता किम जोङ उनको उपस्थितिमा प्रक्षेपण गरिएको थियो । उक्त क्षेप्यास्त्र ४५० किलोमिटर जापानको समुन्द्रतर्फ पुगेको थियो । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास चलिरहँदा उत्तर कोरियाली चेतावनी स्वरुप एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । ५ अगष्ट देखि शुरु भएको अभ्यास २० अगष्ट सम्म चल्नेछ । Photo Source: Military Times