काठमाडौं, २५ साउन । गणन्त्र र राजाबादीबीच झगडा सुरु भएको छ । पछिल्लो समय संघीयता नै खारेजीको आवाज उठेको बेला गणतन्त्रबादी र राजावादीबीच झगडा सुरु भएको छ । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै तारानाथ लुईटेल र जगत बरामबीच व्यवस्थालाई लिएर झगडा भएको हो ।
बरामले संविधानको मर्म र भावनाविपरित लोकसेवा आयोगको विज्ञापन ल्याएको र विभेद गरिएको भन्दै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउनुपर्ने माग गरेका छन् । यदि प्रधानमन्त्री ओलीले पण्डितलाई नहटाए आफूहरुले सडक आन्दोलनमार्फत नै हटाईदिने पनि उनले चेतावनी दिए ।