काठमाडौं । सिंहदरबार प्रहरी वृत्त फेरि चर्चामा आएको छ । वृत्तको हिरासतमा रहेका दुईजना अभियुक्त फरार भएका छन् ।
वृत्तको हिरासतबाट २५ साउनको राति उनीहरु फरार भएका हुन् ।
चोरीको अभियोगमा थुनामा रहेका उनीहरु फरार भएपछि प्रहरी खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । फरार मध्ये एक जनाको नाम मदन तामाङ रहेको र अर्का एक जनाको भने परिचय खुलाइएको छैन।