साउन २५, काठमाण्डौ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पटक–पटक सर्दैै आइरहेको छ । कारण हो, पार्टीभित्र मौलाउदै गएको गुटउपगुटको राजनीति । गत असार २२ गतेबाट सुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा पछिल्लो समय पार्टी संरचना कसरी गर्ने भन्नेमै अझै अलमलमा छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुविच पार्टी संरचना सहमतीबाट गर्ने वा विधानबाट गर्ने भन्ने नै मुख्य विवादका रुपमा देखा पर्दैै आइरहेको छ । तर पार्टी महामन्त्री पुर्णबहादुर सहित मिनेन्द्र रिजाल र रमेश लेखक सहितको टोलीले पार्टी विधानविपरीत गुटगत समझदारीका आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ ।
जुन विषयले कांग्रेसभित्र फेरि अर्को बहसको सुरुवात गरेको छ । तर कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने भन्ने व्यवस्था छ । यही विवादमा रुमल्लिएको कांग्रेसको २६ गते केन्द्रिय समिति बैठक बस्दैछ ।
बैठकले विवादरहित रुपमा समस्या सुल्झाउन नेताहरुको दावी छ । कार्ययोजना तयार पार्ने जिम्मा पाएका पार्टीको सहमहामन्त्री समेत रहेका नेता डा. प्रकाशशरण महतले भने आफुहरुले तयार पारेको कार्ययोजना आइतबार बस्ने पार्टीको केन्द्रिय समितिको बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।
यही सहमतीका आधारमा गर्ने की निर्वाचनबाट गर्ने भन्ने विवादकै कारण यतिका दिनसम्म लम्बिएको बैठक पार्टी संरचनानै विधानविपरित हुने भएपछि कांग्रेसभित्रको विवाद थप चुलिने देखिएको छ ।
यस अघि विधानविपरीत तयार भएको उक्त कार्ययोजना गत बुधबारको पार्टीको केन्द्रिय समिति बैठकमा पेश गर्ने कार्यतालिका रहेपनि विभिन्न कारण देखाउद बैठक आइतबार बस्ने गरी स्थागति भएको थियो । अर्को तिर कांग्रेसले पुरानै संरचनालाई नयाँमा रूपान्तरण गर्ने गरी कार्ययोजना ल्याएको भन्ने कुरामा सत्याता नभएको भन्दै छलफलकै क्रममा रहेकाले अहिले नै निर्णय भयो भन्नु गलत भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको भनाई छ ।
कार्ययोजना तयार पार्नको लागि पदाधिकारीले महामन्त्री पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशरण महत र केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई जिम्मा दिएको थियो । यति उक्त टोलीले तयार पारेको कार्ययोजना पारित भए, नेतृत्वको विवाद नरहेका स्थानमा पुरानै संरचनाले मान्यता पाउने र विवादित स्थानमा कार्ययोजनामा तोकिएको मापदण्डका आधारमा नेतृत्व चयन हुने छ ।