Logo

भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)



काठमाडौं, २६ साउन । लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध पछिल्लो चरण लगातार प्रदर्शन तथा विरोध भैरहेका छन् । यो क्रम अझैसम्म रोकिएको छ । आजपनि उक्त विज्ञापनको विरोधमा काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ ।

तर, विडम्बना प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्या्लिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्