Logo

ललितपुर महानगरले ल्यायो अन्नको बीउ निकाल्ने एटिएम (ATM)



साउन २६, काठमाण्डौ । ललितपुर महानगरपालिकाले ‘बीउ एटियम’ संचालनमा ल्याएको छ ।

ललितपुर महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी सो एटिएम संचालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत विउ विजन वितरणका लागि बीउ एटियमको व्यवस्था गरिएको स्पष्ट पारेका छन् ।

त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत विउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटियममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने मेयर महर्जनले जानकारी दिए ।

एटिएमको सुरुवाता कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए ।

उनले कृषिमा निर्भर मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रको विकासमा तीन वटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापित सो मेशिनको सेवा सबै वडामा संचालनमा ल्याउने तयारी पनि गरेको छ । यसअघि महानगरले पानी एटिएम संचालनमा ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्