सुनसरी । सामान्य घरायसी विवादमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले मङगलबार हत्या गरेर फरार भएका हुन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवको भनाई रहेको छ ।
उनले झगडा भईरहदा श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या प्रयास गरेका थिए । घटनास्थलमै बेहोस बनेकी आनन्दीलाई छिमेकिले तुरुन्त अस्पतालमा पु¥याएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।