Logo

भ्रष्टाचारीहरुले कसरी गर्दैछन् आत्महत्या ? हेर्नुहोस् सनसनीपूर्ण खुलासा



काठमाडौं, २९ साउन । सरकार सफल कि असफल भन्नेमा सत्तापक्ष र विपक्षी दलका नेताबीच भनाभन हुँदा झण्डै हात हालाहाल भएको छ । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपाका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार पूर्ण रुपमा सफल भएको दाबी गरे । तर, राजपा नेपालका महासचिव केशव झाले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । झाले वाईडबडी भ्रष्टाचार काण्डमा माधव नेपालको सहभागिता रहेको आरोप लगाएपछि नेकपाका नेता भट्टराईले त्यसको सिधै प्रतिकार गरे ।

वर्तमान सरकार गठन भएपछि मुलुक राजनीतिक मुद्दामा नभएर आर्थिक विकास र समृद्धिको एजेण्डामा केन्द्रित रहेको पनि भट्टराईको भनाई छ । उनले भने,‘अब नेपालको विकासको गति अघि बढ्छ ।’

उता, राजपा महासचिव झाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ईतिहासकै असफल भएको दाबी गरे । उनले भने,‘यो सरकार गफ मात्रै दिने सरकार हो । घर घरमा ग्याँस, पानीजहाजका कुरा यी सबै सपना मात्रै हुन् ।’ चीनबाट रेल ल्याउने कुरा पनि हावा भएको कुरा पुष्टि भएको उनको दाबी छ । उनले भने,‘अहिले मुलुक भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ ।’



प्रतिक्रिया दिनुहोस्