Logo

इबोलाको औषधी पत्ता लाग्यो, समयमै उपचार भए ज्यान जोगिने



समयमै उपचार भए इबोला रोगको उपचार हुने भएको छ । वैज्ञानिकहरुले रोगको संक्रमणबाट बच्न सकिने औषधीको सफल परीक्षण गरेका छन् । औषधीको प्रयोग समयमै गरेमा रोकथाम गर्न सकिने भएको हो ।

वैज्ञानिकहरुले गरेको अध्ययनका अनुसार ९० प्रतिशत भन्दा बढी इबोलाको संक्रमण भइसकेको मानिसको छिट्ट्र हेरचार भएमा उपचार हुन सक्छ । इबोलाको संक्रमण भएको कंगोमा यसको परीक्षण भएको हो । परीक्षणका क्रममा इबोला लागेको दुई जना मानिसलाई यो प्रयोगमा ल्याएको औसधिले उपचार गर्दा निको भएर घर फर्केको देखिन्छ ।

परीक्षण गरिएको औषधीहरू अब कंगोमा सबै विरामीहरूको उपचार गर्न प्रयोग गरिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । औषधीको परीक्षणकर्ताहरुका अनुसार विगतमा भएको प्रयोग निकै सफल भएकाछ ।

REGN-EB3 and mAb114 नामक औसधि इबोला सित लड्ने क्षमता भएको र शरीरलाई रोगबाट असर नपर्ने बताउन मद्यत गर्नेछ ।
विगत केहि वर्ष देखि एबोला को कारण अहिले सम्म कंगोमा १८ सय जना को मृत्यु भएको देखिन्छ । ZMapp and Remdesivir औषधि कम प्रभावकारी भएको कारणले प्रोयोगबाट बाहिर भएको देखिन्छ ।

इबोला के हो ?
चाडै जोरो आउने, अचानक कमजोरी महसुस हुने, ठाउँ ठाउँको मासुहरु दुख्ने र घाटी खस्खासाउने इबोला रोगको लक्षण हो । यस कारणले बान्ता आउने, दिशा लाग्ने, शरीरको भित्र र बाहिरी भागमा रगत आउने समेत हुनसक्छ ।

इबोला सरुवा रोग हो । टुक्रिएको छाला, वा मुख र नाक मार्फत सीधा सम्पर्क भएमा, रगत, बान्ता, मल वा इबोला भएको कसैको शरीरमा तरल पदार्थका कारणले रोग सर्न सक्छ । डिहाईड्रेसन र धेरैवटा अङ्ग बिग्रिएर बिरामीहरू मर्छन ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्