Logo

पत्रकार थपलियालाई पक्राउ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण



काठमाडौं, ३० साउन। नेपाल पत्रकार महासंघका सदस्य, लेखक तथा साहित्यकार खेम थपलियालाई पक्राउ गरिएको घट्नाप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । बिहीबार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गरेर थपलियालाई गरिएको पक्राउप्रति महासंघको ध्यानाकार्षण भएको जनाएका छन् ।

थपलियालाई प्रहरीले साउन २५ गते वागवजारस्थित जलजला मासिकको कार्यालयवाट पक्राउ गरेको थियो । थपलियालाई अहिलेसम्म पनि रिहा नगरिएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाईएको छ।

पत्रकार तथा साहित्यकारका रुपमा क्रियाशील थपलियालाई आफ्नो आस्था र विचार प्रकट गरेकै आधारमा पक्राउ गरी झुठ्ठा मुद्धा लगाउन खोज्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन हुन पुगेको महासंघको ठहर छ ।

विज्ञप्तीमा भनिएको छ,प्रहरी परिसर टेकुमा राखिएका थपलियाको तत्काल रिहा गरी उहाँको कार्यालयवाट लगिएका कम्प्युटर, पुस्तक लगायतका सामग्री फिर्ता गर्न महासंघ जोडदार माग गर्दछ ।



प्रतिक्रिया दिनुहोस्