भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान पुगेका छन् । १७ अगष्टको दिउँसो भुटान पुगेका उनलाई भुटानी प्रधानमन्त्री लोत्से छिरिङले थिम्पुको विमानस्थलमा स्वागत गरे ।
दुई दिने भुटान भ्रमणका लागि पुगेका उनले जलविद्युत, व्यापारलगायतका क्षेत्रमा महत्वपूर्ण कुराकानी गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनले भुटानी राजा जिग्मे केशर नामगेल वाङचुकसँग भेट गर्नेछन् ।
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो विदेश भ्रमण हो । यसअघि उनले मालदिभ्स र श्रीलंकाको भ्रमण गरेका थिए । पहिलो कार्यकालमा भुटानलाई पहिलो विदेश भ्रमणको गन्तव्य बनाएका उनले यसपटक तेस्रो गन्तव्य बनाए । भारत र भुटानबीच निकै नजिकको सम्बन्ध रहँदै आएको छ ।-एजेन्सी