काठमाडौं, ३२ साउन । पछिल्लो समय नेपालीहरुमा डिप्रेसनको समस्या बढ्दै गएपछि चिन्ता व्यक्त गर्न थालिएको छ । काठमाडौमा आयोजित डिप्रेसनसम्बन्धी कार्यक्रममा युवावर्गलाई सकारात्मक सन्देश दिइएको थियो ।
रिलेभेइन्ट मेनेजमेन्ट र लिभिंग विथ इन्भाइरोमेन्टले गरेको कार्यक्रममा डिप्रेसनबाट बँच्ने उपाय सिकाइएको थियो । कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले मन शान्त राख्नका लागि सबैसँग चोखो र व्यवहारिक प्रेम हुनुपर्नेमा जोड दिएका थिए । प्रेम विना मानिसको जीवन अपुरो हुने भन्दै धमलाले युवाहरुलाई सृजनात्मक बन्न सुझाब दिए ।
कार्यक्रममा डाक्टर रचना शर्माले पनि युवाहरुलाई प्रेरणा दिएका थिए । कार्यकंममा शिक्षाबिद् सुरेशराज शर्मा, बरिष्ठ पत्रकार हरिहर विरही, संगीतकार शम्भुजित बास्ँकोटा, पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठ लगायतले पनि मन्तव्य राखेका थिए ।