Logo

उपचारको लागि प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै



काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । संगापुरमा ९ दिन उपचार गराएर फर्किएका ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका हुन् । सिंगापुरबाट फर्किएको एक हप्ता नबित्दै उनी दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री यही भदौ ५ पाँच गते सिंगापुर जान लागेका हुन् । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्